रुकुम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा दिउँसै रात पार्ने काम हुन थालेको बताउनुभएको छ । रुकुमको सल्लेबजारमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा दिउँसै रात पार्ने काम हुन थालेकाले जनता जागरुक हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यहाँ दिउँसै रात पार्ने काम हुन थाले । जनता सबैतिर जागरुक हुनुपर्यो । जनता सबै उठ्नुपर्यो ।’

अध्यक्ष प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धि होर भनेर आफूले पार्टी एकताको प्रस्ताव गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको तीन वर्ष नपुग्दै एकता भंग गरेको र संविधानलाई नै कुल्चिएर प्रतिगामी कदम चालेको आरोप लगाउनुभयो ।

कम्युनिष्ट एकता भंग गर्ने गरी एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलामा आफूहरू सहमत नभए पनि अदालतको निर्णय मानेर अघि बढ्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।

तपाईको प्रतिक्रिया