चितवन : क्रियटिभ इनसाईड मिडियाको प्रस्तुति रहेको व्युटिसियन ट्यालेण्टको उपाधि खैरहनिकि रेशम श्रेष्ठ कुवँरले हात पारिन् । भरतपुरको पारानोमा गार्डेनमा शनिबार भएको ग्राण्ड फिनालेमा ट्रयु ग्लोरि व्युटि पार्लर एण्ड ट्रेनिङ सेण्टरकि प्रोपाईटर श्रेष्ठले उपाधि हात पारेकि हुन् ।

फष्ट रनर अप भरतपुर ११ स्थित कट एण्ड स्टाईल हर्बल व्युटि स्यालुनकी प्रोपाईटर मिसेस शारदा बराल भईन् । त्यसै गरि भरतपुर ४ बैकुण्ठ टोल स्थित शान्ति व्युटि पार्लरकी प्रोपाईटर मिसेस शान्ति थापा सेकेण्ड रनर अप भएकी छिन् ।

व्युटिसियन ट्यालेण्ट श्रेष्ठले रु पचास हजार नगद सहित रोज शिप विकास तालिम केन्द्र रविभवन काठमाण्डौमा १ हप्ताको सेल्फ मेकअप फ्रिमा पाउने छिन् । साथै विजेता सबैले गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । त्यस्तै उपाधि विजेताहरुले म्युजीक भिडियोमा अभिनयको अनुसार पाउने प्रतियोगिताकि अध्यक्ष सरिता आचार्यले जानकारि दिइन् ।

क्रियटिभ इन्साइड भिडियो प्रालिले १ महिना अघि प्रतियोगिता शुरु गरेको थियो । प्रतियोगिता अवधि भर उत्कृष्ट कला, कौशल प्रदान गर्ने ९ जनाले ग्रान्ड फिनालेमा प्रवेश पाएका इभेन्टका म्यानेजर कमल बरालले बताए ।

प्रतियोगितामा मिस मिसेस ट्यालेन्ट, भिवर च्वाइस भरतपुर ११, कैलास टोलकी ब्युटिसियन मिस सुप्रिना लामाले जितेकि थिइन् । प्रतियोगिताको निर्णायकहरु, समाजसेवी तथा सिनिया ब्युटिसियन सोनि क्रान्जीत, सञ्चारकर्मी, कलाकार, निर्देशक, सुर्यचन्द, समाजसेवि तथा ब्युटिसियन अन्जु बुढाथोकि रहेका थिए । ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को प्रमुख अतिथि प्रदेश सभा सदस्य, बागमति प्रदेश, स्वास्थ्य, कृषि समिति सभापति बागमति प्रदेशका घनश्याम दाहाल ९अभिनास० तथा अतिथिमा माडि नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, जिल्ला प्रहरि कार्यलय चितवनका प्रमुख प्रहरि उपरिक्षक ओम अधिकारि रहेका थिए ।

उक्त प्रतियोगितालाई कोरियोग्राफि मनिश तमाङ्, सहायक कोरियोग्राफि एलिना गुरुङ्ले गरेका थिए भने कार्याक्रम सँचालन मोडल, निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया