काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका दुई भेट्रान खेलाडी शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि शरद र बसन्तलाई टिम बाहिर नै राखेको हो । क्यानले दुबैलाई बन्द प्रशिक्षणमा नबोलाएपछि शरद र बसन्तको खेल नेपाली दर्शकले मिस गर्ने भएका हुन् ।

क्यानले आइतबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । जसमा अलराउण्डर शरद र बलर बसन्त परेका छैनन् । क्यानले उनीहरु टिममा नरहनुको कारण खुलाएको छैन । नेपाली टिमको बन्द प्रशिक्षण भोली मंगलबार सुरु हुनेछ ।

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

तपाईको प्रतिक्रिया