काठमाडौँ  : मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् ।केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रे-शनको खुलासा गरेकी थिइन् ।

पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् ।इन्स्टाग्राममा उनकाे ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स भएकी इरालाई चर्चा कमाउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ ।

इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक उनिहरूका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भएकाे थियो ।सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे ।

तपाईको प्रतिक्रिया