चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेको महिला संगठन अखिल नेपाल महिला संघ चितवनको समानान्तर कमिटि गठन गरिएको छ । माधव नेपाल समुहले शनिबार एक कार्यक्रम गरि विभिन्न संगठनहरुको समानान्तर कमिटि गठन भएको घोषणा गरेको हो ।

जस अनुसार अनेमसंघ चितवनको अध्यक्षमा सुशिला लामिछानेलाई जिम्मेवारी दिइएको छ । संघको उपाध्यक्षहरुमा कल्पना सापकोटा, अनिता पौडेल, सुमित्रा डल्लाकोटी रहेका छन ।

त्यस्तै सचिवमा मेनुका पाठक र सहसचिवमा चण्डिका ढकाललाई जिम्मेवारी दिइएको छ । १५१ सदस्यिय समानान्तर कमिटिको कोषाध्यक्षमा सरस्वति लामालाई जिम्मेवारी दिइएको छ । सोहि कार्यक्रममा नेकपा एमाले माधव समुहले युवा संघ र अनेरास्ववियुको समेत समानान्तर कमिटि घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया