चितवन : नेकपा एमाले माधव नेपाल समुहले चितवनमा युवा संघ र अखिल नेपाल बिद्यार्थी युनियन अनेरास्ववियुको नयाँ कमिटि निर्माण गरेको छ । देशैभर समानान्तर कमिटि निर्माणको घोषणा गरेको नेपाल समुहले शनिबार भरतपुरमा एक कार्यक्रम गरि विभिन्न कमिटि निर्माण गरेको हो ।
युवा संघ चितवनको अध्यक्षमा सन्जीव लामिछाने चयन भएका छन । संघको बरिष्ठ उपाध्यक्षमा सुवास सिलवाल, उपाध्यक्षहरुमा सन्तोष उप्रेती, गोपाल श्रेष्ठ, फणिन्द्र श्रेष्ठ, गोमा पौडेल, सुवास श्रेष्ठ, डिल्लीराम महतो, सुदिप गिरि, ज्ञान बहादुर राई, बिक्रम सिहं ठकुरी र तिलकमणि पाठक चयन भएका छन । ५०१ सदस्यिय युवा संघको नयाँ गठित कमिटिको सचिवमा इश्वर अधिकारी चयन भएका छन ।
त्यस्तै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला अध्यक्षमा साकार लामा चयन भएका छन । बरिष्ठ उपाध्यक्षमा केशव रेग्मी, उपाध्यक्षहरुमा सन्तोष ढुङगना, सन्देश वाग्ले, उज्वल देवकोटा, अशोक बस्याल, सुजन ढकाल, दिपक थापा, सन्दिप देवकोटा र अनुज न्यौपाने चयन भएका छन । १०१ सदस्यिय अनेरास्ववियुको सचिवमा जयराम बाँस्कोटा र कोषाध्यक्षमा रवि सुवेदी चयन भएका छन । विभिन्न संगठनको समानान्तर कमिटि घोषणा कार्यक्रममा युवा संघ तथा अनेरास्ववियुका केन्द्रिय नेताहरु सुदेश पराजुली, अनिता लामा लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया