चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । बाहिर जसले जस्तो सुकै हल्ला गरे पनि निर्वाचन हुनेमा आशंक नगर्न पोखरेलले आग्रह गर्नुभएको हो ।

चितवनको भरतपुरमा आज आयोजित नेकपा जिल्ला अधिवेशन आयोजक कमिटी चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

 

 

लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण राजनीतिक शक्तिहरु निर्वाचनमा जाने भन्दै पोखरेलले बाहिर गरिएको हल्लाको पछि नलाग्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । निर्वाचनका तयारीका लागि सबै सुरक्षा निकाय तथा निर्वाचन आयोगसमेत तयार रहेको उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आजै ५९९ सदस्यीय कमिटी घोषणा गरेको छ । जिल्ला कमिटी घोषणा गरेसँगै उनीहरुलाई सचिवालय सदस्य पोखरेलले सपथ खुवाउनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वाग्मती प्रदेश सहईन्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष आनन्द पोखरेललगायतले संसद् विघटन गर्नुपर्ने बाध्यताबारे जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया