चितवन : सेभ द माइन्ड नेपाल नामक सामाजीक संस्थाको तेश्रो बार्षिक साधारण सभा समपन्न भएको छ । सामाजीक कुरुती र कुसंस्कार बिरुद खरो रुपमा उत्रर्दै आएको संस्थाको तेश्रो साधारण सभामा भरतपुर महानगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष हरीप्रसाद आचार्य प्रमुख अतिथीको रुपमा रहनु भएको थियो । उहाँले संस्थाले लिएको लक्ष्य प्राप्तीकालागि स्थानीय सरकार सदैव साथमा रहने बताउनु भयो । संस्थाले गर्ने गरेका कामबाट समाजले धेरै पाठ सिक्ने भन्दै संस्थालाई समाजीक कार्यकालागि सदैव अगाडी रहन उहाँले सुझाउनु भयो ।
संस्थाकी अध्यक्ष पुजा भुषालको अध्यक्षतामा समपन्न भएको साधारण सभामा संस्थाकी उपाध्यक्ष शान्ता पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । साथै उक्त कार्यक्रममा होली डे पार्टी भेनुका म्यानेजर कैलाश रिमाल, संस्थाका कानुनी सल्लाहाकार राजकुमार श्रेष्ठ, सल्लाहाकार शुसिला ढुङ्गाना लगाएतको उपस्थित रहेको थियो ।
उत्त संस्थाले आगामी दिनमा दिनानुदिन महिलाहरु असुरक्षित हुँदै गएको प्रति आत्मरक्षा तालिम, महिला सिपमुलक तालिम, रोड सेफ्टि लगायतका जनचेतना मुलक कार्यक्रम सँगै नेतृत्व बिकास तालिम, चेपाङ बस्तिमा महिला स्वास्थ सचेतना कार्यक्रमहरु गरिने संस्थाकी अध्यक्ष भुषालले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया