रौतहट : चिरान काठसहित एउटा पिकप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १६ च २२३३ नम्बरको भ्यान प्रहरीले नियन्त्रणमा लिएको हो ।

गएराती १२ बजेको समयमा रौतहटको बागमती सव डिभिजन कार्यालय अन्तर्गतको वन क्षेत्रबाट तस्करी काठ हुँदै गरेको अवस्थामा उक्त भ्यान नियन्त्रणमा लिएको हो ।

सहायक वन अधिकृत अमरदेव यादवको कमाण्डमा गएको वन गस्ति टोलीले ४६ थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिए । बरामद भएको काठ ५३.८ क्युफिट रहेको सिंहले जानकारी दिए ।

गाडी नियन्त्रणमा लिनका लागि सशस्त्र वन रक्षकले ४ राउण्ड गोली समेत चलाउनु परेको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।ax

तपाईको प्रतिक्रिया