चितवन : होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले राज्यले होटल व्यवसायीलाई विभेद गरेको बताएका छन् । राज्यले ठुला (स्टार) र साना होटललाई हेर्ने दृष्टिकोण फरक हुने गरेको वताउँदै उनले सबै होटललाई समान रुपमा हेर्न आग्रह गरे । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनमा बोल्दै उनले महासंघमा ८० हजार व्यवसायी आवद्ध भएको जानकारी दिँदै उनले होटल क्षेत्रमा करिव ६ लाख मानिसले रोजगारी पाएको बताए ।
कार्यक्रमका विशेष अथिती जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले पर्यटन व्यवसायले मुलुक समृद्ध वनाउन सहयोग गर्ने वताउँदै पर्यटन क्षेत्रलाई विकास र समृद्धिको आधारको रुपमा लिनु आवश्यक रहेको बताए। पर्यटन व्यसायले विदेशी पैसा नेपाल भित्र्याएर आर्थिक उपार्जनमा सहयोग पु¥याउने हुँदा यो व्यवसायलाई सम्मानयोग्य व्यवसाय वनाउन सरोकारवालाहरुको विचमा एकता हुन आवश्यक भएको बताए । उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले होटल पनि उद्योग भएको वताउँदै उद्योग संघले औद्योगिक शिक्षालय निर्माणको तयारी गरेको बताए ।
कार्यक्रममा उद्योग वणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले होटल व्यवसायलाई व्यवस्थित र मर्यादिन वनाएर आत्मर्भिर वनाउन आवश्यक रहेको बताए । कार्यक्रममा होटल व्यवसायी महासंघका सल्लाहकार दुर्गाप्रसाद गौतम, नेपाल घरवाहल  c   उपभोक्ता मञ्च चितवनका अध्यक्ष हरिप्रसाद शर्मा, महासंघ केन्द्रिय उपाध्यक्ष दिनेशकुमार चुके, सचिव शंकर भण्डारीलगायतले बालेको थिए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका महासचिव देवेन्द्र शर्माले संचालन गरेको कार्यक्रम संघका अध्यक्ष दिपक ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया