चितवन : पर्यटकीय नगरी सौराहामा आज वागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिता २०७७ मा भाग लिन खेलाडीहरुलाई विदाई गरिएको छ । प्रतियोगिताको गत बर्षको संस्करण विजेता बनेको सौराहा युवा समाज यस बर्ष पनि समग्र चितवन जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीहरुलाई विदाई गरिएको हो ।

टोलीलाई बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तमाङ्ग र क्लबका अग्रज राजु चौधरीलेविदाइ गर्नु भएको थियो। सो कार्यक्रममा बनका अध्यक्ष तमाङ्गले क्लबले संरक्षण र खेललाई महत्त्वका साथ अघि बढाइरहेको र समग्र चितवन जिल्लाको अग्रणी भुमिका खेल्न सफल रहेकोमा शुभकामना व्यक्त गर्नु भयो ।

साथै नुवाकोटमा हुने लिग प्रतियोगितामा पनि प्रथम स्थान हासिल गरी चितवनको नाम राख्न सफल रहोस भनी क्लवका खेलाडी र प्रशिक्षकहरुलाई खादा ओढाई बिदाइ गर्नु भएको थियो।

 

तपाईको प्रतिक्रिया