चितवन : फाटोको आफैमा शाब्दीक अर्थ हुन्छ । यस कारण पनि समाचारमा फोटोको निकै महत्व हुन्छ । र त तस्वीर आफै बोल्दै भन्निछ । हेरौँ राससमा आएका मनै लोभाउने केहि तस्वीरहरु ः:बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदान । बागलुङ नगरपालिकाले खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनाएको छ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको (पश्चिम ढोका) प्रमुख प्रवेशद्घार शुक्रबार साँझ देखिएको दृश्य । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा आएका पर्यटक । पछिल्लो समय पञ्चकोटमा दैनिक करिब एक हजार पर्यटक आउने गरेका छन् । इलाम नगरपालिका–३ को पुवामझुवामा अवस्थित ‘दिदीबहिनी’ झरना । सडक निर्माणपछि ‘दिदीबहिनी’ झरना पुग्न पर्यटकलाई सहज भएको छ ।पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालकोबीचमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिर दर्शनका लागि डुङ्गा चढेर जाँदै आन्तरिक पर्यटक । कोरोना कहरको लामो समयपछि यति बेला पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।रुकुम–पश्चिम सानीभेरी गाउँपालिकाको चायनाबगर र जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा अवस्थित भेरी नदीको किनारमा अवस्थित वस्ती ।जाजरकोटको छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाट । मनघाट आसपासको क्षेत्रमा किसानले लगाएको गहुँबाली ।पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित पर्यटकीयस्थल चन्द्रागिरि हिल्सबाट देखिएको काठमाडौँ उपत्यका ।