चितवनः नेपाल पशु चिकित्सा परिषदको उपाध्यक्षमा चितवनका डा. एगेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नु भएको छ ।यही माघ तीन गने हुन लागेको अधिबेशनका लागि श्रेष्ठले उम्मेदवारी दर्ता गरे संगै आफ्ना महत्वपूर्ण मुद्धाहरु समेत सार्वजनीक गर्नु भएको छ ।

लामो समय देखि कृषि क्षेत्रमा अध्ययन अध्यापन गर्नु भएका श्रेष्ठ बिगत १० वर्ष देखि नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा अबद्ध भई काम गर्दै आउनु भएको छ । आँफ्नो नेतृत्वमा अहिले पशु अस्पताल निर्माणको काम भईरहेको भन्दै उहाँले काउन्सीलले तोकेको मापदण्ड पुरा गरि काम गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “आजभन्दा १० वर्षअघि यो इन्स्टिच्युट सुरु गर्दा सामान्य ढंगले सुरु गरिएको थियो । करिब ४ वर्षअघि काउन्सिलले यस्तो इन्स्टिच्युट सञ्चालन गर्न नयाँ मापदण्डको व्यवस्था गरेको छ । यो मापदण्ड पूरा नगरी त कलेज नै सञ्चालन गर्न पाइँदैन । त्यसो हुँदा काउन्सिलले तोकेको मापदण्ड पूरा नगरी हामी यो संस्था चलाउने पक्षमा छैनौं । चलाउने कोसिस गरियो भने पनि चल्दैन ।”

मापदण्ड पुरा नभए काउन्सिलले भर्ना नै रोकिदिने भएकाले हरेक ५÷७ वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा आएका नयाँ प्रविधिसँग मापदण्ड परिमार्जन हुँदै जाने उहाँको भनाई छ । त्यही मापदण्डा अनुसार नै हामीले हाम्रा शिक्षण अस्पताल, प्रयोगशालालगायत हरेक पूर्वाधार परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । निजी स्तरमा चलेका कलेजले त झनै मापदण्ड अनुसार पूर्वाधार अब्बल बनाउन सके विद्यार्थीको संख्या पनि पढ्ने उहाँको तर्क छ । त्यसो हुँदा हामीलाई मापदण्ड पूरा गर्न नपाए हुन्थ्यो भन्ने लागेको छैन । अझ अब यस इन्स्टिच्युटलाई मापदण्डले सम्पन्न बनाउनु पर्ने आवश्यकता रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमनै पहिलो पटक पशु अस्पताल निर्माणको काम भइरहेको र रामपुर कृषि तथा वन विश्वविद्यालयबाट पनि काउन्सिलको नेतृत्व हुँदै आएको भए पनि अवको नेतृत्व इन्स्टिच्युट चलाउनेले पनि पाउनु पर्छ भन्ने हो ।

यति धेरै वर्ष यो क्षेत्रमा योगदान गरेकोले आँफुलाई यो क्षेत्रबारे भएका समस्या, समाधानका उपायहरुबारे ज्ञान रहेको उहाँको भनाई छ । आँफुसंग भएको क्षमता र अनुभवलाई काउन्सिलमै गएर प्रयोगमा ल्याउन सके नेपालको पशु चिकित्सा क्षेत्रलाई अझ सुधार गर्न सकिने उहाँको धारणा रहेको छ । मानिसको भन्दा अझ जटिल उपचार पशुस्वास्थ्यमा हुने भन्दै उहाँले “मासिका डाक्टरले भन्दा धेरै प्रजातिका पशु पन्छीको उपचार यो क्षेत्रका डाक्टरहरुले गर्नुपर्ने अवस्था छ । त्यसो हुँदा यस क्षेत्रको सुधार आवश्यकता छ । अहिले नेपालमा एउटा पनि भेटेरिनरी अस्पताल छैन । जिल्ला पशु अस्पतालमा एउटा एक्सरे मेसिन छैन । ल्याब छैन । यी सबै विषयमा सुधार ल्याउनु पर्ने उहाँले बताउनुभयो ।

१५ महिने, ३५ दिने तालिम लिएको जेटी÷जेटिएहरु फिल्डमा कुदेर पशुपन्छीको उपचार गर्ने अनि ५ वर्ष पढेका चिकित्सक चाहिँ सर्टिफिकेट दराजमा कोचेर ‘डा.’ लेखेको नाम प्लेट अगाडि बसेर प्रशासक जस्तो जागिर खाइरहेको भन्दै उहाँले यसमा सुधार ल्याउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । आफूलाई भेटेरिनरी डाक्टर भन्ने लजाउनु पर्ने अवस्थाको अन्त्य अहिलेको निर्वाचन पछि हुन जरुरी रहेको उहाँले भनाई छ । आँफु बिजयी भएमा अहिले देखिएका समस्या समाधान गर्दै यस क्षेत्रको बिकासका लागि तयार रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया