चितवन :  कोरोना कहरका बिच देवघाटमा मकर स्नान गर्नेको भीड लागेको छ। माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व यहाँ स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइन्छ। कालिगण्डकी र त्रिशूलीको संगम देवघाटधाममा माघे संक्रान्तिको अवसरमा ‘मकर स्नान’ गर्नेको भीड लागेको छ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेला भने यसपाली गरेन। यद्यपि मकर स्नानका लागि चितवन, तनहुँ, नवलपुरका अलावा अन्य जिल्लाहरुबाट पनि धेरै संख्यामा भक्तजनको उपस्थिति रहेको थियो।

यसपाली माघे संक्रान्तिमा देवघाटमा गत वर्ष भन्दा ४० प्रतिशत कम भक्तजनको उपस्थिति रहेको समितिका कर्मचारी किरण पौडेलले जानकारी दिए। समितिकाअनुसार गतवर्ष करिब २ लाख भक्तजन माघे संक्रान्ति मेला भर्न देवघाट पुगेका थिए।

तपाईको प्रतिक्रिया