चितवन : चितवनमा टोयटा ब्राण्डको गाडी सर्भिस गर्ने जेन्युन अटो वल्र्डले आफ्नो शाखा बिस्तार गरेको छ । ग्राहकको सन्तुष्टीलाई प्रमुख उदेश्य बनाएर संचालित जेन्युन अटो वल्र्डले भरतपुरको बालमन्दिर रोडमा शाखा विस्तार गरेको हो ।

नयाँ शाखाको युनाइटेड ट्रेडर्स सिण्डिकेटका जनरल म्यानेजर महेश कुमार यमले उद्घाटन गरे । युनाइटेड ट्रेडर्स सिण्डिकेट टोयटाको नेपालको लागी आधिकारिक बिक्रेता हो ।

उद्घाटन गर्दै सिण्डिकेटका जनरल म्यानेजर यमले व्यवसायको सफलता र बिस्तार ग्राहकको सन्तुष्टिमा निर्भर गर्ने बताए । उनले ग्राहकको सन्तुष्टीमा कुनै कमि हुन नदिन तर्फ ध्यान पुर्याउनु पर्ने बताए । जेन्युन अटो वल्र्डको नयाँ शाखामा २ करोडको लगानी रहेको प्रबन्ध निर्देशक ईन्द्र रेग्मीले बताए ।

शाखामा सर्भिस देखि कलरिङ्ग सम्मका सम्पूर्ण कामहरु गरिने छ । साथै शाखामा आज देखि ५ दिन सम्म ५ देखि ५० प्रतिशतको छुटमा सर्भिस क्याम चलिरहेको छ । चितवनमा अहिले करिव ५ सय जनाले टोयटा चड्ने गरेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया