चितवन : नेपाल दाना उद्योग संघको चितवन शाखाले नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराललाई सम्मान गरेको छ। संघको १६ औं बार्षिक साधारण सभाले बराललाई नगद सहित सम्मान गरेको हो।
बराललाई दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल र उपाध्यक्ष विनोद पोख्रेरलले नगद पुरस्कार हस्तान्तरण गरेका हुन् । चितवनको पोल्ट्री क्षेत्रमा बरालले काम गर्दै आएका छन्। उनी एक समाजसेवी पनि हुन्। बराल पोल्ट्री क्षेत्रको विकास र बिस्तारमा अहोरात्र खटिदै आएका छन्।

तपाईको प्रतिक्रिया