चितवन : आत्मनिर्भर बनेको पोल्ट्री क्षेत्र अन्र्तगत पर्ने दाना उद्योगलाई आत्मनिर्भर बनाउन व्यवसायीहरुले माग गरेका छन् । कुखुरा पालन गर्दा लाग्ने सम्पूर्ण खर्च मध्ये दानाले ७० देखि ८० प्रतिशत हिस्सा ओगटेको भएपनि राज्यको दाना उद्योगको नीति स्पष्ट नहुदाँ यो क्षेत्रमा लागत बढेको व्यवसायीहरुले जानकारी गराए ।
नेपालकै पोल्ट्री क्षेत्र सबैभन्दा पुरानो संस्था समेत रहेको नेपाल दाना उद्योग संघ चितवनको आज भरतपुर २२ स्थित होटल जंगल भिल्ला रिर्सोटमा सम्पन्न १६ औँ साधारणसभा तथा अधिवेशनमा बोल्ने दाना उद्योगी व्यवसायीहरुले यस्तो बताएका हुन् । कार्यक्रम बोल्ने अधिकांश व्यवसायीहरुले दानामा लाग्ने कच्चा पदार्थमा दिदै आएको छुट पुनः लागु गरे लागत मुल्य घटेर किसानालाई फाईदा पुग्ने भनाई राखे ।
कार्यक्रममा बोल्दै नेपाल दाना उद्योग संघका केन्द्रिय अध्यक्ष रविन पुरीले सरकारको नीति किसानमैत्री नबन्दा दाना उद्योगमा लागत दिनप्रति बढ्दै गएकोमा चिन्ता प्रकट गरे ।
“जसरी पोल्ट्री आत्मनिर्भर बनेको छ, तर अहिले दानाको कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार, कृषि सुधार शुल्क वृद्धि हुदाँ, उत्पादन लागत बढेकोले किसानमा फेरि समस्या आएको छ, उनले भने, दानामा लाग्ने सबै कर छुट र स्वदेशमा नै कच्चा पदार्थको उत्पादनमा जोड दिनुपर्छ ।”
सरकारले कृषि अन्र्तगत दाना उद्योगलाई राखे पनि हाल ९ प्रतिशतसम्म कच्चा पदार्थमा कर लिदै आएको छ । जसका कारण मुल्यमा उतार चढाव आउदा किसानको लागत वृद्धि भएको संघले जनाउदै आएको छ ।
उनले दाना उद्योगमा लाग्ने लागत मुल्य कम गराउने नीति आएमात्रै किसानको व्यवसाय फष्टाउने तर्क पनि गरे ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोख्रेरलले भारतका विभिन्न प्रान्तमा बर्ड प्लु आएकोले नेपालमा भित्रिन नदिन राज्यले उच्च सर्तकता अपाउन माग पनि गरेका छन् ।
“नेपालको भारतीय सिमाका धेरै नाका खुल्ला रहेका कारण पटक पटक अवैध आयातको समस्या भोगिएकै हो उनले भने, बल्ल यो क्षेत्रमा केहि मुल्य पाएको आभास भएको छ, तर फेरि पोल्ट्री क्षेत्रमा आउने सम्भावित खरात रोक्न हामी चनाखो हुनुपर्छ ।”
यस्तै दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनालले किसानलाई उकास्न राज्यले नै नयाँ दाना नीति ल्याउन आवश्यक रहेको भनाई राखे ।
दुईदिनसम्म चल्ने साधारण सभा तथा अधिवेशनले शनिबार नयाँ कार्यसमिति घोषण गर्ने र व्यवसायीक हितका नयाँ कार्यक्रमहरु समेत घोषण गर्ने कार्यक्रम तय भएको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिए ।
संघका सचिव सोमनाथ तिमिल्सीनाले प्रस्तुत गरेका प्रगति प्रतिवेदन र कोषध्यक्ष भीमनारायण श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाको वन्दशत्रले पारित समेत गरेको छ । साथै संघका उपाध्यक्ष विनोद पाख्ररेलले प्रस्तुत गरेको नयाँ व्यवसायी मैत्री प्रस्ताव समेत सभाले पारित गरेका छ । नेपालमा २०४६ सालमा दाना उद्योग संघ खोलेएको ईतिहास छ । भने चितवनमा २०५१ सालदेखि यो संघ सुरु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया