काठमाडौँ । एलिना चौहानको स्वरमा रहेको गीत हेरुँ हेरुँको भिडियो सार्वजनिक गरिएको छ । गीता गिरी शेरचनको रचना रहेको गीतको भिडियो खिम शेरचनले निर्माण गरेका हुन् ।

राजु सिंहको संगीत, नरेन्द्र वियोगीको एरेन्ज रहेको गीत बेलायतका रमणीय स्थलहरुमा छायांकन गरिएको छ । वैँशालु उमेरमा एक युवकको प्रेममा पागल भएकी युवतीको कथालाई दखोइएको भिडियोको निर्देशन संचारकर्मी कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।

जसमा बेलायतमा नै बसेर मोडलिगं गर्दै आएका चर्चित नायक तथा मोडल ध्रुब दत्त र सुभेच्छा भट्राईको अभिनय देख्न सकिन्छ । शुभेच्छाको डेब्यू गीत भएता पनि उनले पहिलो भिडियोमा नै चुलबुले प्रेमिकाका रुपमा कमालकै अभिनय गरेकी छिन् । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया