
चितवन : होटल व्यवसायीका समस्या लिएर होटल व्यवसायी महासंघले उच्च स्तरिय भेटघाटलाई तिब्रता दिएको छ ।
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह र वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, गृह मन्त्री राम बहादुर थापा ‘बादल’ लगाएत संग भेट गरेको हो ।
भेटका क्रममा व्यवसायीहरुलाई घर बहालमा सहुलियत, कोभिडको कारणले अस्तव्यस्त बनेको होटल व्यवसायलाई चलायमान बनाउन नेपाल सरकारको मौद्रिक नीति अनुसार राहत दिने लगाएत बिषयमा छलफल भएको छ ।
“बैंकले सहजरुपले कर्जा उपलब्ध नगराएको अबस्था छ । संक्रमणकाल भरी व्यवसाय गरेवापत तिर्नुपर्ने सम्पूर्ण राजस्व मिनाह गरिदिने तथा तालिमहरु सञ्चालन गर्ने जस्ता विषयहरुमा मन्त्री ज्यू संग कुरा भयो।” वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले भने, “कोभिडको कारणले अस्तव्यस्त बनेको होटल व्यवसायीहरुलाई चलायमान बनाउन नेपाल सरकारको मौद्रिक नीति अनुसार राहत दिने व्यवस्था गर्नु पर्छ भन्ने हाम्रो माग हो ।”
यस बिषयमा मन्त्री ढकालले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ । कोभिडका कारण समग्र पर्यटन क्षेत्र अस्तव्यस्त बनिरहँदा होटल क्षेत्र अछुतो रहेन, होटल क्षेत्रको लगानी सुरक्षीत गर्न र राहत दिन सरकारले आन्तरिक तयारि गरेको मन्त्री ढकाललाई उदृत गर्दै चुकेले बताए ।
होटल व्यवसाय लाई अधिक सुरक्षित र व्यवस्थित गर्न पर्यटन सुरक्षा योजनाको तयारीमा रहेको गृह मन्त्री थापाले बताए ।
साथै महासंघको नेतृत्वले आज नै गृहमन्त्री राम बहादुर थापा (बादल) सँग प्रत्यक्ष भेटघाट गरी हाल व्यवसायीहरुले होटल सञ्चालन गर्ने समयतालिका राती ९ बजेबाट बढाई ११ बजेसम्म लागु गर्ने बिषयमा छलफल भएको हो। सो टोलीले प्रमुख जिल्ला अधिकारी श्री कालीप्रसाद पराजुली संग समेत भेटघाट गरेको हो। कोभिड(१९ का कारण अहिले होटल क्षेत्र अस्तव्यस्त छ ।
भेटमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह, वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, उप–महासचिव शेर बहादुर थापा, कोषाध्यक्ष श्री तिलक कार्की तथा सचिव तुल्सी राम भण्डारी (शंकर) लगाएतको सहभागिता थियो ।