काठमाडौं :  चर्चित सेलिब्रेटी मोडल किम कार्दासिन र र्‍यापर गायक केन्ये वेष्टको सम्बन्ध टुट्ने निश्चित भएको छ । दुई जनाबीच सम्बन्ध टुटाउने बारेमा पटक पटक छलफल चलेको भए पनि यस पटक भने दुई जना सम्बन्ध तोड्ने बिन्दूमा पुगेको दाबी अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् ।

जीवनका अनेक बाटादेखि केन्येको राजनीतिक निर्णयसम्ममा दुई जनाबीच निकै नै अन्तरविरोध बढेकाले दुई जना अब सँगै रहन नसक्ने दाबी गरिएको छ । उनीहरुबीचको सम्बन्धमा आएको तिक्तताकै कारण केन्ये कार्दासिनको पारिवारिक कार्यक्रमहरुमा उपस्थित हुन छाडेको जनाइएको छ ।  योसँगै दुईबीचको ६ वर्षे वैवाहिक जीवन टुट्ने निश्चत भएको जनाइएको हो ।

तपाईको प्रतिक्रिया