रत्ननगर : कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी यस बर्ष सौराहामा सडक फूड फेष्टिवल गरिने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियन(रेवान)सौराहाको १४ औं साधारण सभामा अध्यक्ष दीपेन्द्र खतिवडाले फुड फेष्टिवलको निरन्तरतालाई जोगाउन यस बर्ष सडक फुड फेष्टिवल गर्ने घोषणा गरे । सौराहा नजिक रहेको सिसुवार चौरमा हरेक बर्ष आयोजना हुँदै आएको फुड फेष्टिवल यस बर्ष सौराहाको मुख्य बजारमा हुने छ ।

सौराहाको हात्ती चोक देखि गैंडाचोक सम्म सडक फुड फेष्टिवल गरिने अध्यक्ष खतिवडाले जानकारी दिए । खुल्लाचौरको बन्द क्षेत्रमा आयोजना हुँदै आएको फेष्टिवल कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सौराहाको सडकमा फेष्टिवल गर्न लागिएको हो । रत्ननगरका मेयर नारायण वनले सौराहामा हुने फेष्टिवललाई स्थानीय सरकारले अभिभाबकत्व ग्रहण गर्ने बताए ।

तपाईको प्रतिक्रिया