चितवन : पुरु खनाल पूर्वी चितवनका एक सफल व्यवसायी हुन । उनलाई आफ्नो भन्दा पनि अन्य व्यवसायीहरुले सञ्चालन गरेको उद्योग तथा व्यवसायको बारेमा चिन्ता हुने गरेको छ । यहाँका व्यवसायीको व्यवसायले सफलता पाउदा उनलाई बढि हर्ष हुने गरेको छ ।
व्यवसायिक एकताको पक्षमा उभिने व्यवसायी खनाल कोरोनाले उद्योग व्यवसायको क्षेत्रमा पारेको असरलाई लिएर पटक पटक घोरिने गरेका छन । व्यवसायीको उन्नती,प्रगति,एकता र सुरक्षाको लागि हरदम प्रयासरत रहने खनाल रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशन अन्तर्गत मंसिर २९ गते हुने निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन ।
मेरो उम्मेदवारी नाम लेखाउन र फोटो टास्न मात्र होइन उनले भने उद्योगी र व्यवसायीको पक्षमा काम गर्न हो । व्यवसाय मार्फत आर्थिक विकास र विकास मार्फत समृद्धिका लागि आफुले संघमा उम्मेदवारी दिएको उनको भनाई छ ।

उद्योगी व्यवसायीको समस्याको विषयमा नजिकबाट नियालेका खनाल मुलुकको परिस्थितिका कारण उद्योग व्यवसायमा असर परेकोलाई सामान्यकरण तर्फ उन्मुख गराउन चाहन्छन । उद्योगी,व्यवसायीको समस्या प्रति म परिचित छु खनालले भने सबै व्यवसायीको दुखको साथी बन्ने छु ।
उद्योगी र व्यवसायीको हितका लागि काम गर्न मैले संघको निर्वाचनमा उम्मेदवारी दिएको हु उनले भने सबैले मलाई अत्याधिक मत दिएर विजयी गराउनु हुने छ । रत्ननगर उद्योग बाणिज्य संघका वर्तमान कार्यसमिति सदस्य समेत रहेका खनाल कुखुरा व्यवसायी संघ पूर्वी चितवनका महासचिव,नेपाल ह्याचरी उद्योग संघ बगमती प्रदेश सदस्य,राष्ट्रिय उद्योय व्यापार संगठन रत्ननगरका अध्यक्ष,एच एण्ड एस पोल्टी ग्रुपका अध्यक्ष हुन ।
२०४८ साल देखि पोल्ट्री व्यवसाय सुरु गरेका खनाललाई व्यवसायको क्षेत्रमा लामो अनुभव छ । पूर्वी चितवनको कृषि,पर्यटन,शिक्षा र स्वास्थ्यको चौतर्फी विकास र व्यवसायिक सुरक्षा,एकता र समन्वयको लागि आफुले संघको उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । उद्योग र व्यवसायको प्रर्बद्धनका लागि स्थानीय सरकारसंगको सहकार्यलाई मजबुत गराउदै कृषि र पर्यटनलाई जोडेर आर्थिक विकासको मुद्धालाई अगाडि बढाउने योजना बनाएको बताए ।
मैले आफ्ना लागि मात्र होइन म जस्तै व्यवसायीको हितमा थुप्रै अधुरा कामहरु पुरा गर्नुपर्ने छ उनले भने ति अधुरा कामहरु पुरा गर्ने जिम्मेवारी व्यवसायी मतदाताहरुले प्रदान गर्नेमा विश्वस्त छु । व्यवासयको कोमल हातबाट मेरो लागि दिएको मत दुरुपयोग हुन नदिने भन्दै व्यवसायी खनालले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन । संघको संस्थागत विकास,सदस्यता बृद्धि,संघको गरिमा,स्थानीय सरकारसंगको सहकार्यलाई संगसंगै लैजाने उनको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया