चितवन : चितवनमा नारायणी नदीमा विभिन्न विपद् र मानविय दुर्घटनाको उद्धारका लागि चितवन प्रहरीलाई रेस्क्यु बोट र सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व चन्दन अग्रावालले चितवन प्रहरी अन्र्तगत नारायणी नदी किनारमा रहेको वडा प्रहरी कार्यालय नारायणगढलाई रेस्क्यु बोट र सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
हरेक वर्ष नारायणी नदीमा बढ्दो मानविय डुबानका घटना र मानवीय जोखिम न्यूनिकरणका लागि चितवनमा प्रहरीलाई रेस्क्यु बोट र सुरक्षा सामग्री हस्तान्तरण गरिएको व्यवसायी अग्रवालल् बताए ।

रेस्क्यु बोट र सुरक्षा सामग्री अग्रवालले एक समारोहका विच वडा प्रहरी प्रमुख राहुल सिंह विष्टलाई हस्तान्तरण गरेका थिए । नारायणी नदी बढी मात्र मान्छेहरु आत्महत्या र विविध कारण हाम फल्ने क्रम बढेको थियो विष्टले भने, तर उद्धारका लागि सामाग्री नहुदाँ समस्यामा थियौैँ । यसले अब तत्काल उद्धारमा ठुलो राहत मिल्ने छ ।

तपाईको प्रतिक्रिया