चितवन : बिरामी बोकेर प्युठानबाट काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा एक जना घाईते भएका छन् भने पिकअपसहित तीन जना बेपत्ता भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नं.४ स्थित नाग्दी खोला नजिकबाट पिकअप त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार लु १ च ९७३१ नम्बरको गाडी आज बिहीबार बिहान ५ः३० बजेको समयमा सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

पिकअपमा सवार चार जना मध्ये एक जना घाईते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा प्युठान घर भएका ३८ वर्षिय मुकुन्द बहादुर रोक्का रहेका छन् । वेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालीका वडा नम्बर १ का चालक २३ वर्षिय सूर्य केसी, मुकुन्दकी श्रीमती ३३ वर्षिया जमुना रोक्का र बिरामी छोरी १५ वर्षिया जिनिसा रोक्का रहेका छन् । घाईते मुकुन्द पानीमा पौडिएर बाहिर आएको थिए ।

घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचार भईरहेको प्रहरीले जनाएको छ । त्रिशुलीमा खसेको पिकअप पानीले डुवेर नदेखिने अबस्थामा रहेको जनाईएको छ । बेपत्ताहरुका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया