चितवन : चितवनमा राखेपकी नवनियुक्त सदस्य नन्दा बस्याललाई चितवन जिल्ला तेक्वान्दो कार्यसमिति र खेलाडीहरुले सम्मान गरेका छन् । चितवन तेक्वान्दो प्रशिक्षण केन्द्र टाडीमा एक भव्य कार्यक्रम गरि बस्याललाई सम्मान गरिएको भारतीय सेना तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी र प्रशिक्षक रमेश कार्कीले जानकारी दिए ।

महिला भएर पनि तेक्वान्दो खेलको विकास वृद्धिमा उल्लेखनीय योगदानसगैँ फरक पहिचान बनाएको भन्दै चितवनमा उनलाई सम्मान गरिएको हो । कर्णाली प्रदेशबाट परिषद्को सदस्यमा मनोनित भएकी बस्याल कर्णाली प्रदेश र तेक्वान्दो खेलको नै एउटा इतिहास बन्न सफल पहिलो महिला पनि हुन्।

बस्याल वि.सं २०५० सालदेखि खेलकुद क्षेत्रमा अनुवन्धित भएकी हुन् । उनी तेक्वान्दोको पूर्व र्राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय प्रशिक्षक, महिला सशक्तीकरण कि केन्द्रिय अध्यक्ष र कलाकार समेत हुन् ।

तपाईको प्रतिक्रिया