चितवन : चर्चीत निर्देशक, नायक तथा निर्माता दिपक खाँडको अभिनयमा फेरि मनले माग्यो तिम्रो माया बोलको गीत भिडियो सार्वजनिक भएको छ । पछिल्लो नयाँ प्रतिभालाई अवसर दिनुपर्छ र नयाँ पुस्तालाई थप अब्बल बनाउनु पर्छ भन्ने सोचका साथ अगाडी बढेका खाँडले आफ्नै निर्देशन तथा अभिनयमा डिके फिल्मको युटुब मार्फत मनले माग्यो तिम्रो माया बोलको गीत भिडियो सार्वजनिक गरेका हुन् ।

 

चर्चीत गायक राजेश पालय राई र मौसमी गुरुगंले गायकको गीत नयाँ प्रतिभाको रुपमा फिल्मी क्षेत्रमा आएकी मोडल सनिषा भट्टराईले साथ दिएकी छिन् । उनी टिकटक स्टार पनि हुन् । पर्यटकीय नगरी पोखरामा छायंकन गरिएको गीतमा लक्ष्मण घिमिरेले क्यामरा चलाएका छन् । खाँडले झण्डै ३ दर्जन बढी फिल्म निर्देशन गरेका छन् । भने ६० वटा बढी फिल्म तथा भिडियो अभिनय पनि गरेका छन् । सरल र हसिलो स्वभावका खाँड सबै माझ लोकप्रिय समेत छन् ।

तपाईको प्रतिक्रिया