पुनम थापामगर, नारायणगढ : तराई, मधेशका वैदिक सनातनीहरुले धुमधामका साथ मनाउने छठ पर्व यस वर्ष कोरोना भाइरसका कारण ब्रतालुहरुले घरमै पूजाआजा गरी मनाएका छन्।
छठ पर्वको तेस्रो दिन आज चितवनका नदीहरुमा भन्दा सबैले आ आफनो घरमा नै छठ पर्व मनाएका छन्। कात्तिक शुक्ल चतुर्थीका दिन देखि शुरु हुने यो पर्वको आज मुख्य दिन हो ।
आज अस्ताउदो सुर्यलाई अर्घ्य दिई आफ्नो घरमा नै बनाईएको कृत्रिम जलाशय बनाई पूजाआजा गरेका छन्। रेडियो साहिनोले छठ पर्व विषएक कार्यक्रम आयोजना गरेको थियो ।
सो छठ पर्व विशेष कार्यक्रममा चितवनमा छठ कसरी मनाउदै हुनुहुन्छ ,,पर्व मनाउन कोभिडको कारण के कस्तो समस्या परेको लगायत का विषयमा सम्बन्धित व्याक्तित्व सगँ कुराकानि गरिएको छ।
कलवार सेवा समिति चितवनका अध्यक्ष सोमेश्वर कलवारले परापुर्ब कालदेखि आफ्नो बुवा बाजेहरुले विभिन्न नदी ताल ,तलाउहरुमा गएर छठिया माईको पुजा आरधना गर्ने गरेकोमा यो बर्ष कोभीडको कारणले सबैले आ आफ्नो घरको छट आगनमा बिधि पुर्बक नै छठको पुजा गरिएको जानकारी दिनु भएको छ ।उहाँले कलवार सेवा समितिले सबैलाई आ आफ्नो घरमा नै सुरक्षित रहेर छठ पुजा गर्न पनि आग्रह गरिएको बताउनु भयो ।
यो बर्ष मानव जातिले सबै कुराको नयाँ अनुभव गरेको बताउनु हुँदै छठ पर्वमा पनि नया अनुभव भएको सो कार्यक्रम तराई सामुदायिक सेवा समितिका अध्यक्ष गोपाल गुप्ताले वताउनु भयो।
कोरोना भाइरसको कारण सिमा नाका बन्द भएकै कारण छठ पुजाको लागि चाहिने केहि कृषि सम्बन्धि पुजाका सामाग्रीहरुको केही अभाव भएको र केही सामानहरु अघिल्लो बर्ष भन्दा केही महँगो भएको पनि अध्यक्ष गुप्ताले बताउनु भयो ।
उहाँले आफ्नो आफ्नो घरमा नै सबै जना सुरक्षित रहेर सबैले बिधि पुर्ब नै छठिया माईको पुजा गरिको छठ मनाएको भनाई राख्नु भो। विगतमा नारायनगढको नारायणी नदी किनारमा व्यवस्थितरुपमा सजाएर पूजा गर्ने गरिएको भए पनि यस वर्ष खासै छठको रौनक देखिएको छैन्। नारायणगढ तर्फ को नारायणी नदी किनार यसपटकको छठमा शुनशान भएको छ। वर्ष जिल्ला प्रशासन कार्यालय चितवनले भिडभाडयुक्त कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेकोले सबैले स्वास्थ्यलाई मध्यनजर गर्दै घरमै छठ पर्व मनाएका हुन्।

तपाईको प्रतिक्रिया