काठमाडौं : केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टीभीमार्फत लक्ष्मी फिल्मको प्रिमियर सो गर्ने भएको छ । १६ नोबेम्बर अर्थात् भोली उक्त फिल्म प्रिमियर शो गर्ने सुबिसुले जनाएको छ ।

क्लियर टीभीले च्यानल नम्बर १११ (एचडी) र ११२ (एसडी) मा मुभी अन डिमान्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सोबाट गरिने सुबिसुले जनाएको छ । ग्राहकले फिल्म हेर्नका लागि आफ्नो नजिकको क्लियर टीभी सेवा प्रदायक वा सुबिसुको वेबसाइटबाट थप जानकारी लिन सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया