एजेन्सी : शिखर धवनले आईपीएलमा एक नयाँ कीर्तिमान स्थापित गरेका छन् । उनले राजस्थान रोयल्सविरुछको खेलमा दिल्ली क्यापिटल्सका लागि शानदार अर्धशकतीय पारी खलेका थिए ।

योसँगै आईपीएलमा सर्वाधिक अर्धशतक जोड्ने उनी पहिलो भारतीय खेलाडी बनेका छन् । यसअघि आईपीएलमा सर्वाधिक अर्धशतक जोड्ने चार भारतीय खेलाडी संयुक्त रुपमा थिए ।

शिखर धवन, रोहित शर्मा, सुरेश रैना र विराट कोहली आईपीएलमा सर्वाधिक अर्धशतक जोड्ने संयुक्त भारतीय खेलाडी थिए । चारै जनाले समान ३८-३८ अर्धशतक जोडेका थिए । तर, शिखरले बुधबार भएको खेलमा थप एक अर्धशतक जोड्दै अन्य भारतीय खेलाडीलाई पछि पारेका छन् ।

उनको नाममा आईपीएलमा ३९ अर्धशतक पुगे । यो सूचीमा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर (अस्ट्रेलिया खेलाडी) भने पहिलो स्थानमा छन् । उनले ४६ अर्धशतक पूरा गरेका छन् । त्यसपछि धवन दोस्रो स्थानमा छन् ।

हिजो (बुधबार) दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्दै शिखरले ३३ बलमा ५७ रनको अर्धशतकीय पारी खेलेका थिए । यसै पारीका कारण दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन जोडेको थियो ।

शिखरले जारी आईपीएलमा यसअघि पनि एक अर्धशतक जोडेका थिए । उनले यसअघि मुम्बई इन्डियन्सविरुद्ध अविजित अर्धशकतीय पारी खेलेका थिए । मुम्बईविरुद्ध शिखरले ५२ बलमा ६९ रन जोडेका थिए ।

तपाईको प्रतिक्रिया