एजेन्सी : सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा बिहारको मुजफ्फरपुर अदालतले सातजना बलिउडकर्मीलाई हाजिर हुन आदेश दिएको छ ।

अदालतले बोलाएका सात सेलिब्रिटीमा करण जौहर, एकता कपुर, आदित्य चोपडा, सन्जयलीला भन्साली, साजिद नाडियाडवाला, भूषण कुमार र दिनेश विजान छन् । न्यायाधीश राकेश मालवियले आफ्नो आदेशमा भनेका छन्, कि उनीहरु सबैजना अक्टोबर २१ मा आफैं वा उनीहरुका वकिलमार्फत पेस हुनुपर्नेछ ।

खबरअनुसार यसअघि अर्थात् ७ अक्टोबरमा सलमानसहित यी सात बलिउडकर्मीलाई अदालतमा बोलाएको थियो । तर उक्त तारिखमा सलमान खानका वकिल मात्रै उपस्थित भए भने अरुहरु कोही पनि पुगेनन् । त्यस कारण उनीहरुलाई पु्नः बोलाएको हो ।

सुशान्तको मृत्युपछि अधिवक्ता सुधीर ओझाले १७ जुनमा अदालतमा सुशान्तको मृत्युको जिम्मेदार उनीहरु भएको भन्दै लिखित उजुरी दर्ता गराएका थिए । उनीहरुले सुशान्तविरुद्ध षड्यन्त्र रची सुशान्तलाई कामविहीन बनाएर उसलाई डिप्रेसनको सिकार बनाएको र डिप्रेसनकै कारण सुशान्तले आत्महत्या गरेको भन्दै ओझाले आरोप लगाएका छन् ।
– नवभारत टाइम्स

तपाईको प्रतिक्रिया