चितवन : लगातार रुपमा परेको पानीका फेरि भरतपुरको विभिन्न ठाँउ डुबानमा परेको छ । बर्खाको समयमा पानी बग्ने निकास नहुँदा भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र जलमग्न हुने गरेको हो । वितेका वर्षमा भन्दा यस वर्ष पानी बढी परेपछि भरतपुर महानगरपालिका वडा नम्बर ९, १०, ११ र १२ का अधिकांश स्थान जलमग्न बन्दै आएका छन् । यी क्षेत्रबाट पानीको सहज निकास व्यवस्थापन नभएका कारण जलमग्न भएका देख्न सकिन्छ ।
भरतपुर महानगरपालिका १० मा अधिकांश सरकारी कार्यालय रहेका छन् । जिल्ला अदालत, मालपोत कार्यालय, शिक्षा कार्यालय लगायतका कार्यालय जलमग्न भएकाले ती कार्यालय जान यतिबेला जुत्ता फुकालेर लुगा सुर्किनुपर्ने बाध्यता छ । आज पनि परेको पानी कारण भरतपुर हाकिमचोकबाट दक्षिण पश्चिम क्षेत्रको सिर्जना चोक, अर्कीड कलेज क्षेत्र जलमग्न भएको देख्न सकिन्छ । जसका कारण सर्वसाधारणहरु सास्ती खेपेका छन् । पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा शहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको स्थानियको भनाई छ । भने यस क्षेत्रमा गरिने अव्यवस्थित प्लटिगं समेत यसको असर रहेको स्थानिय दिपक पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया